दल

एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरू

इकागज |
मंसिर १४, २०८० बिहिवार ७:० बजे

काठमाडौँ- नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन् ।


पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ । 

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइने एमालेले जनाएको छ । 

जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू बैतडीको झुलाघाट पुगिसकेका छन् ।


Author

थप समाचार
x