दल

कांग्रेसलाई जनतासम्म पुर्‍याउनमा 'नेपाल पुकार' को उल्लेख्य भूमिका : सभापति देउवा

इकागज |
मंसिर २४, २०८० आइतवार १७:७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई जनतामा पुर्याउनमा 'नेपाल पुकार' को उल्लेख्य महत्व रहेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि 'नेपाल पुकार' को भूमिका उल्लेख्य रहेको जिकिर गरे । यस्तै 'नेपाल पुकार' ले कांग्रेसले गरेका काम कारबाहीहरू नागरिकमा लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए ।


१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्य महोत्सव विशेष रहेको छ । २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।


Author

थप समाचार
x