दल

तोकिएका सबै जिल्ला अधिवेशनहरू स्थगित गर्ने नेकपा एसको निर्णय

इकागज |
पुस ३, २०८० मंगलबार १७:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीको राष्ट्रिय सम्मेलनले पछि मिति तोक्ने गरी हाललाई जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।


त्यस्तै सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको उनले बताए । सचिवालयको अर्को बैठक शनिबार बस्ने र विधान संशोधन प्रस्तावमाथि छलफल हुने श्रेष्ठले जानकारी दिए ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सोमबार सचिवालय बैठकमा संशोधन प्रस्ताव पेस गरेको थियो ।

समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ ।  


Author

थप समाचार
x