एमाले कास्कीकाे अध्यक्षमा बैनबहादुर अधिकारी विजयी
फाइल फोटो
गण्डकी - नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार भएको मतगणनामा क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त गरेका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी विवेक त्रिपाठीले जम्मा १७ मत ल्याएको निर्वाचन कमिटीले जनाएको छ । यस्तै उपाध्यक्षमा भेषराज बराल,सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी भएकाे जनाइएको छ ।
अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो । दश प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ । अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइएको थियो । आगामी दुई वर्षका लागि जिल्ला कमिटीको नेतृत्व लिन एमालेका नेता÷कार्यकर्ता प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया