कांग्रेसले सदैव अस्वस्थ र दमनकारी ढंगले प्रतिष्पर्धा गर्छ : केपी ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको नभई सहअस्तित्व र सहकार्यको राजनीति गर्नुपर्ने बताएका छन् ।
बिहीबार झापाको बिर्तामोडमा नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले सहअस्तित्व र सहकार्यको राजनीति गर्नका लागि कांग्रेसलाई सिकाउनुपर्ने समेत बताए । कांग्रेसले सदैव अस्वस्थ र दमनकारी ढंगले प्रतिष्पर्धा गर्ने गरेको उनको भनाइ छ ।
ओलीले देशको बिकास, सुशासनलगायत समृद्ध नेपाल सुखी नेपालीको मार्गलाई साकार पार्ने अभिभारा एमालेको रहेको धारणा राखे । अध्यक्ष ओलीले मिसन ८४ मा एमालेले एकल बहुमत बनाउने दाबी गरे ।
उनले झापा देशकै विशेष जिल्ला भएको भन्दै यस क्षेत्रले राजनीतिक उचाइ कायम राख्नुपर्नेमा जोड दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया