खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजियो : सभापति देउवा
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तत्कालीन अवस्थामा पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताएका छन् ।
शुक्रबार दाङको लमही नगरपालिका-९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताएका हुन् । उनले स्वर्गीय नेता खड्का विकासप्रेमि, मिलनसार र जनताले रुचाएका नेता भएको स्मरण गरे ।
देउवाले खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व आफूहरू सबैको भएको बताए ।
खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा २०७४ साल चैत्र १६ गते निधन भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया