माओवादी प्रदेश कमिटीबाट बझाङमा जनक बुढा उम्मेदवार सिफारिश
धनगढी- नेकपा (माओवादी केन्द्र) को प्रदेश कमिटीले बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनमा प्रदेश कमिटी सचिव जनकबहादुर बुढालाई उम्मेदवार बनाउन सिफारिश गरेको छ ।
सुदूरपश्चिम प्रदेश कमिटीले अगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा बुढालाई उम्मेदवार बनाउन केन्द्रीय कमिटीलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रदेश कमिटी सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए । २०७० सालको दोस्रो संविधान सभा सदस्य रहेका बुढाले बझाङ जिल्ला अध्यक्ष र इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया