सांसद प्रदीप पौडेलको प्रश्न- लडाइँ जारी रहेका बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ?
काठमाडौँ - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरू भर्ना भएको विषयमा मुकदर्शक भएको बेला श्रम स्वीकृति खुलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
सांसद पौडेलले रुसमा श्रमिकको रुपमा गएर सेनामा भर्ना गराउन खोजिएको त होइन भन्दै प्रश्न गरेका छन् ।
उनले भने- 'रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ । नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नु पर्ने ठाउँमा श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ । यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ? यस भित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छन् ।'
उनले रुसी सेनामा भर्ना भएर मृत्यु भएका परिवारलाई डीएनए परीक्षण गर्ने क्रममा आफन्तलाई सरकारले पिडा दिएको आरोप समेत लगाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया