नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा
रेशम चौधरीले आफूहरूलाई हत्या गर्ने धम्की दिएको केन्द्रीय सदस्यहरूको दाबी
'पार्टीका कुनै पनि नेताहरूको केही घटनामा मृत्यु भए सबै दोष रेशम चौधरीको हुन्छ'
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका केही केन्द्रीय सदस्यहरूले रेशम चौधरीले आफूहरूलाई हत्या गर्ने धम्की दिएको जनाएका छन् ।
काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सोमबार काठमाडौँमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको बैठक सुरु हुनुअघि आफूहरूमाथि कुटपिट भएको र चौधरीले हत्या गर्ने धम्की दिएको जनाएका छन् । पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण भएको बताए ।
पार्टी कार्यालयभित्रै आफूमाथि कुटपिट हुनु र ज्यान मार्ने समेत धम्की आउनुले असुरक्षा बढेको उनले बताए । विश्वकर्माले २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बाँडेको र निर्वाचन आयोगमा अद्यावधिक समेत हुन नसकेको कुरा उठाउँदा पार्टी कार्यालयको सबै ढोका बन्द गरेर आफूमाथि आक्रमण भएको जिकिर गरे ।
सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुनसक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरूको केही घटनामा मृत्यु भए सबै दोष रेशम चौधरीको हुने उनले बताए ।
विश्वकर्माले आफूहरूमाथि सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध पनि गरे । आफूहरूमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रञ्जीता चौधरी नरहेको र घटना भएको करिब आधा घण्टामा आएकी अध्यक्षलाई सबै जानकारी गराएको विश्वकर्माले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया