जरिवाना तिर्न राप्रपालाई काठमाडौँ महानगरको पत्र
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको छ ।
गत चैत २७ गते राप्रपाले गरेको काठमाडौँ जनप्रदर्शनका क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्याण्डमा क्षति पुर्याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरेको हो ।
काठमाडौँ महानगरले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको छ ।
महानगरको बैंक खाता समेत उल्लेख गरेर सो अनुसारको जरिवाना तिर्न महानगरले राप्रपालाई पत्र पठाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया