राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न नयाँ सिराबाट सोच्नुपर्ने समय आयो : कमल थापा
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ सिराबाट सोच्नुपर्नेमा जोड दिएका छन् ।
आज पार्टीको तराई मधेश र पूर्वाञ्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुरावस्थाबाट पार पाउन ठूलो छातीका साथ राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए । पद, प्रतिष्ठा, स्वार्थ र महत्वाकांक्षालाई विसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।
वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दु राष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको समेत उल्लेख गरे । अहिलेको भ्रष्टतन्त्र र मनपरिलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
इलाममा पार्टी संगठन कमजोर रहेको, प्रचार अभियान प्रभावकारी नभएको र साधन स्रोतको अभावले थोरै भोट आउनु स्वभाविक भएको समेत उनले बताए । बैठकमा पार्टीका विभिन्न पदाधिकारी र जिल्ला अध्यक्षहरूले आफ्नो धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया