माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ
फाइल तस्बिर
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ ।
पार्टीको पोलिट ब्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन् ।
उनले वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले भनेका छन्, 'यो समीकरण वर्तमान संसदको संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया