सहकारी प्रकरणको छानबिन हुनुपर्छ : राजेन्द्र पाण्डे
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाइकन सरकारले सुख नपाउने बताएका छन् ।
प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले सहकारीसम्बन्धी छानबिन समिति बनाउनु पर्ने बताउँदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन् ।
उनले भने, ‘केवल गृहमन्त्रीको मात्रै कुरा भएन । सबै सहकारीसम्बन्धी छानबिन हुनुपर्छ । गिरिबन्धु टि–स्टेटको सम्बन्धमा अदालतले फैसला गर्यो । पूर्णपाठ पढेर पार्टीको धारणा बनाउन सकेका छैनौं । हिजो पनि यो भ्रष्टाचारजन्य काम नै हो ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया