दल

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

इकागज |
जेठ ४, २०८१ शुक्रबार १७:१ बजे

काठमाडौँ- ​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन नसकेको बताएका छन् ।

शुक्रबार बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले संसदीय समिति गठनका लागि टिओआरमा सहमति जुटिसकेको अवस्था कांग्रेसले एकपक्षीय रूपमा विभिन्न सर्तहरू थपेर पठाएको आरोप लगाए ।


उनले आफूहरूले सदनमा जवाफ दिन पाउनुपर्ने र सबै समस्याको एकमुष्ट समाधान खोज्नुपर्ने मात्रै रास्वपाको अडान रहेको धारणा राखे ।

समिति गठनका लागि टिओआरमा आफ्ना नेताहरू समेत सहभागी भएको अवस्थामा रास्वपा संसदीय समितिका लागि तयार छैन भनेर भन्न नमिल्ने उनको भनाइ छ ।

झाले विगतको ३४ वर्षमा कांग्रेसले के के गर्यो भन्ने सबै जानकारी रहेको भन्दै रास्वपामाथि लागेको दाग राजनीतिक विषय नभएको बताए ।  


Author

थप समाचार
x