सरकार लचिलो भए पनि प्रतिपक्षी दल मुठभेडमा उत्रियो : सांसद सापकोटा
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकार लचिलो भएपनि प्रतिपक्षी दल मुठभेडमा उत्रिएको बताएका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको क्रियाकलापले अहिलेको व्यवस्थाको विरोधीहरूलाई फाइदा पुगिरहेको जिकिर गरे । सापकोटाले कुनै व्यक्तिलाई जबरजस्ती दोषी देखाउनका लागि कांग्रेसको ध्यान केन्द्रित भएको प्रतिक्रिया दिए ।
त्यस्तै सापकोटाले संसदलाई बजेट निर्माणलाई केन्द्रित गर्नुपर्ने भन्दै सरकार अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया