दल

सत्ता गठबन्धनको रवैया निरंकुशता उन्मुख र अनुदारवादी : महामन्त्री थापा

इकागज |
जेठ १३, २०८१ आइतबार १४:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको रवैया निरंकुशता उन्मुख र अनुदारवादी देखिँदै गएको बताएका छन् ।

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले सञ्चार माध्यमको विषयवस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्ता गठबन्धनको रवैया निरंकुशता उन्मुख र अनुदारवादी देखिएको बताएका हुन् ।


सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृत्ति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरे ।

थापाले सत्ताको रवैयाको विरोध गर्दै काठमाडौँमा कांग्रेसले वृहत् प्रदर्शन भएको र यो कुनै व्यक्ति केन्द्रित नभएको जिकिर गरे । महामन्त्री थापाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस विषयमा संसदबाटै लड्ने स्पष्ट पारे ।

उनले कुनै पनि व्यक्तिको व्यावसायिक र निजी जीवनको कर्मको जवाफदेही सोही व्यक्ति नै हुनुपर्ने भए पनि कैलाश सिरोहियामाथिको अनुसन्धानको प्रक्रिया उचित नभएको धारणा राखे । 


Author

थप समाचार
x