एमाले र माओवादीबीच कुनै विवाद छैन : प्रमुख सचेतक बर्तौला
काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र माओवादीबीच कुनै विवाद नरहेको प्रष्ट पारेका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले-माओवादीको अहिलेको सम्बन्ध बलियो डोरीले बाँधेजस्तो भएकाले विश्वास र मजबुत ढंगले अघि बढ्ने धारणा राखे । सरकारको गतिलाई रोक्न धुप अक्षता बालेर बस्नेहरूको दिवा सपना पूरा नहुने उनको भनाइ छ । उनले सत्ता समीकरणमा बजेटका विषयमा छलफल कम भएको सत्य भए पनि एमालेले बजेटको अपनत्व लिँदै पारित गर्ने बताए ।
बर्तौलाले सत्ता समीकरणमा रहेका सबै दलको भावनालाई समेट्ने गरी बजेट अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया