राजनीतिक अस्थिरताको सिकार हाम्रो पार्टीलाई बनाइयो : उपेन्द्र यादव
काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको सिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन् ।
शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताएका हुन् । उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको धारणा राखे ।
यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने उल्लेख गरे । नेपालको इतिहासमा मधेशका शक्तिहरू तरवारको धारबाट हिँडिरहेको र यसका विरुद्ध हमेसा षडयन्त्र हुँदै आएको उनले बताए । यादवले कुनै पनि पार्टी गैर मुद्दा, गैर सैद्धान्तिक आधारमा फुट्नु दुर्भाग्यपूर्ण घटना भएको उल्लेख गरे ।
उनले राजनीतिक बाटोमा हिँड्दै जाँदा आएराम, गएराम, पल्टुराम भेट्दै जानु स्वाभाविक रहेको बताए । यादवले पार्टीको महाधिवेशनले एकताको सन्देश दिन सफल भएको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया