दल

नेपालमा पनि बंगलादेशको अवस्था आउन सक्छ, सचेत रहौँ : शेखर कोइराला

इकागज |
साउन २९, २०८१ मंगलबार १८:१६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । 

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।


उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए ।

दुई तिहाइको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेको भन्दै उनले सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्ने बारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । 

'सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने ? त्यसबारे सोच्नुपर्छ । सरकारले खर्च गरिरहेको छ तर ठीक ठाउँमा गइरहेको छैन,' कोइरालाले भने, 'हाम्रो छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाइको सरकार थियो, अचानक घटना भयो । प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो । यो सामान्य घटना होइन । नेपालमा आर्थिक अवस्था जर्जर छ । नेपालमा पनि जुनसुकै बेला केही हुनसक्छ, त्यता तिर पनि सतर्क हुनुपर्छ ।'

नेता कोइरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन पनि आग्रह गरे ।


Author

थप समाचार
x