दल

‘भष्टाचारिलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’

इकागज |
भदौ ११, २०८१ मंगलबार १७:३ बजे

फाइल फोटो

काठमाडौँ - सांसद  रेखा यादवले पछिल्लो समयमा नेपालको शैक्षिक अवस्था खस्किँदै गएकाले समयानुकूल शिक्षा प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छिन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भनिन्, 'शिक्षाले दिनदिनै अर्थतन्त्र बदलिँदै गएको देखिन्छ, पछिल्लो समयमा एसइई र १२ कक्षाको परीक्षाफलले अभिभावकमा निराशा छाएको छ ।' विद्यालयले अभिभावकबाट अनेक बहानामा आवश्यकताभन्दा बढी शुल्क लिइरहेको तर विद्यार्थी परीक्षाको प्रतिफल कमजोर आएको उनको भनाइ थियो । 


सांसद रामप्रकाश चौधरीले पछिल्लो समयमा बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

सांसद चित्रबहादुर केसीले भष्ट्राचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए । उनले भने, 'भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई दिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।' उनले भ्रष्टाचार अन्त्य गर्दै जनतालाई सुशासन दिनुपर्नेमा जोड दिए । 

सांसद प्रेम सुवालले देशभरी भएको सडक दुर्घटना नियन्त्रण गर्न सरकारसँग माग गरे । 

सांसद महेन्द्रकुमार रायले भारतसँगको सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारसँग अनुरोध गरे । 

सांसद अच्युतप्रसाद मैनाली र सुशीला थिङले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 


Author

थप समाचार
x