दल

रामहरि खतिवडाको टिप्पणी : सदनमा प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर रहँदाको आक्रोश

इकागज |
भदौ ११, २०८१ मंगलबार १७:१६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सदनमा प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर रहँदाको आक्रोश भएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले प्रचण्डले सदनमा आक्रोशपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका हुन् । सो क्रममा संविधानका सबै कुराहरू मान्न तयार रहेको भन्ने अभिव्यक्ति सकारात्मक पक्ष भएको उनको भनाइ छ ।


त्यस्तै उनले लेखा समिति प्रतिपक्षीले पाउने अधिकार रहे पनि यसअघिका नजिरहरू हेर्नुपर्ने बताए । खतिवडाले प्रयोग गरिएका विद्युतको महसुस तिर्नैपर्ने उल्लेख गरे । यसमा देखिएको विवादलाई मन्त्रिपरिषदले निर्णय गरेर हल गर्नुपर्ने उनले सुझाव दिए ।

विभिन्न आयोगहरूका सुझाव प्रतिवेदनलाई आधारमा मानेर विद्युत् महसुलका बारेमा सरकारले आवश्यक निकास निकाल्नुपर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x