Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

दल

समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गर्नुपर्छ : देउवा

इकागज |
भदौ १४, २०८१ शुक्रबार १९:१९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक विमोचन गर्दै सभापति देउवाले अहिलेको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका हुन् ।


उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन सक्ने धारणा राखे ।

सभापति देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रूपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए । संविधानमा केही कमीकमजोरी भए सुधार गर्न सकिने उनको भनाइ छ । त्यस्तै उनले टीआरसीका विषयलाई सर्वसम्मत रूपमा पास भइ राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास व्यक्त गरे ।

देउवाले अहिलेको अवस्थामा लोकतन्त्र, मानवअधिकार निकै महत्वपूर्ण बिषय भएको धारणा राख्दै भयमुक्त समाज निर्माण गर्नुपर्ने बताए । 


Author

थप समाचार
x