Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

दल

प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन

इकागज |
असोज १५, २०८१ मंगलबार १७:५० बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् ।

प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौं बल्खुको सुकुम्बासी वस्तीमा उद्घाटन गर्दै यस्तो आग्रह गरेका छन् ।


मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत व्यवस्थापनको तयारी र प्रति कार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनःस्थापनामा जुट्न आग्रह गरे ।

२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दु:खमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

बल्खुको जागरण टोलमा ४१७ घरका झण्डै चार बढी नागरिक प्रभावित भएका छन् ।


Author

थप समाचार
x