Ekagaj Logo
२७ कात्तिक २०८१, मंगलबार
(Tuesday, 12 November, 2024)

दल

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

इकागज |
असोज १९, २०८१ शनिबार १८:२४ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ का सांसद रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पिडीतहरू ब्यानर सहित नारा लगाउँदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितरबितर पारेको थियो ।​


त्यसपछि पनि कार्यक्रमस्थल पुगेका सहकारी पीडितहरू कार्यक्रमस्थल बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारी पीडितहरूले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफूहरूमाथि ढुङ्गा प्रहार भएको दावी गरेका छन् ।​​

साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकिर गरे । ..

साहारा सहकारी बाट गोर्खा मिडियामा गएको ६५ करोड के हो ? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने विषयमा कुरा गर्न आउँदा भित्र बाट एक्कासि पीडित माथि ढुंगा र बोतल प्रहार भएको दुवाडीले बताए । 


Author

थप समाचार
x