दल

पुस २ गते केन्द्रीय समिति बैठक बस्ने माओवादी केन्द्रको निर्णय

इकागज |
कात्तिक २६, २०८१ सोमबार १२:५१ बजे

नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।


प्रवक्ता सापकोटाका आगामी मंसिर १६ गते हुने बैठकले उपनिर्वाचनमा गठबन्धन गर्ने बारे ठोस निर्णय भने गरेको छैन । प्रवक्ता सापकोटाले उपनिर्वाचनमा सफलता हासिल गर्ने कार्ययोजना बनाइएको बताए । 

साथै माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

उनले खबरदारी सभा यस अघि कार्तिक १० गते गरेको विरोध सभाको निरन्तरता भएको बताए । 


Author

थप समाचार
x