दल

बीआरआई अधिकांश देशमा सफल भइसक्यो विवाद नगरी स्वीकार गरौं : झलनाथ खनाल

इकागज |
मंसिर १५, २०८१ शनिबार १५:४८ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले बीआरआई नेपालको हितमा रहेकालाई यसलाई अघि बढाउनुपर्ने बताएका छन् । 

चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले बीआरआई अधिकांश देशमा सफल भइसकेकाले यसमा विवाद नगरि स्वीकार गर्नुपर्ने बताएका हुन् ।


उनले बीआरआई कारण मुलुक ऋण पासोमा फस्नसक्ने भन्दै केहीले गलत तर्क गरिरहेको समेत धारणा राखे । नेपालमा निर्माण भएको उद्योग धन्दाहरू कौडीको मोलमा बच्चेहरूले नै बीआरआईको विरोध गरिरहेको उनको आरोप छ ।

खनालले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय हितलाई ध्यानमा गएर बीआरआईसम्बन्धी सम्झौता गर्नुपर्ने सुझाव दिए । 

उनले आफू चीनमा हुने परराष्ट्र मामिलासम्बन्धी विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको जानकारी दिए । 


Author

थप समाचार
x