दल

शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्छ : सभापति देउवा

इकागज |
मंसिर १९, २०८१ बुधबार १७:२५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताएका छन् । 

बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित शिक्षा नीति बहसलाई सम्बोधन गर्दै देउवाले शिक्षा क्षेत्रलाई थप बलियो बनाउनका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताएका हुन् ।


उनले उच्च शिक्षा हासिलका लागि विदेशिनुपर्ने अवस्थालाई रोक्नका लागि नेपालमा नै उच्च शिक्षाको गन्तव्य बनाउनुपर्नेमा जोड दिए । देउवाले स्वदेशी मात्रै नभइ विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा आएर शिक्षा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताए । 

उनले युवालाई स्वदेशमै रहने वातावरण मिलाउन र शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नका लागि पाठ्यक्रममा आवश्यक सुधार गर्नुपर्ने धारणा राखे । 


Author

थप समाचार
x