दल

निरंकुशताको अन्त्य त भयो, देउवाले जिम्मे‍वारीको चाँङ पूरा गर्न सक्लान् !

बधाई दिएका दाहाल, नेपाल र यादवले देउवालाई भेट्दै

इकागज |
असार २८, २०७८ सोमबार १४:३१ बजे

काठमाडौँ : माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । दाहाल र नेपालद्वयले छुट्टा छृुट्टै टेलिफोन गरेर देउवालाई बधाई दिएका हुन् । 

संविधानको रक्षा गर्दै ०६२/६३ को आन्दोलनको उपलब्धी जोगाउने जिम्मा देउवामा पुगेको भन्दै दुवैले फैसला लगत्तै टेलिफोन मार्फत बधाई दिएका हुन् । एक प्रकारको निरंकुशताको अन्त्य भएको र हाम्रो काँधमा थप जिम्मेवारी आएको भन्दै यसलाई सहकार्यबाट नै अन्तिम टुंगोमा पुर्‍याउन पर्नेमा तीन नेताले टेलिफोन छलफल गरेका छन् ।


उनीहरू केही बेरमा भेट्दै छन् । देउवा, दाहाल, नेपाल र उपेन्द्र यादवहरूले भेट गर्दै कसरी अघि बढ्ने योजना बनाउने भएका छन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गर्दै संसद पुन ब्युँताईदिएपछि उनीहरूले ओलीको ध्येय पुरा नहुने बताएका छन् ।

सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादव पक्षधर र नेपाल पक्षधर सांसद्हरु एकातर्फ रहेर छलफल गर्ने भएका छन् । 

दल मिलाउन हस्ताक्षर गरेको सांसद्हरूको विषयमा के हुन्छ भन्ने बारेमा पनि नेपाल पक्षधर छलफलमा छन् । हतारमा भएको सहमतिलाई कसरी अघि बढाउने विषयमा आइतबार नै छलफल भएको भए पनि आज यस विषयले छुट्टै छलफल हुने नेपाल पक्षधर एक नेताले बताए । 

देउवालाई एमालेका नेपाल पक्षका २६ सांसद्ले हस्ताक्षर गर्दै प्रधानमन्त्रीका लागि समर्थन गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबीलाई पनि अस्वीकार गरेकी थिइन् । त्यसपछि भएको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल पक्षका २३ सांसद् समेतको हस्ताक्षर सर्वोच्चमा रिट दायर गरिएका थिए । 


Author

थप समाचार
x