दल

कांग्रेसमा क्रियाशील सदस्यता विवाद

सानेपामा बाराको सिंगो कांग्रेस भर्सेस पाैडेल समूहको धर्ना

एउटाको माग नयाँ दिनुपर्छ, अर्काको पुरानो मात्रै गरौँ

इकागज |
साउन ७, २०७८ १९:१ बजे

काठमाडौँ– नेपाली कांग्रेसको बारा जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाँउ÷नगर कार्यसमिति र वडा समितिले संस्थागत रूपमा आजबाट पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका छन् । 

विधान, नियमावली र केन्द्रीय परिपत्र अनुसार भएको क्रियाशील सदस्यता १४औ महाधिवेशनमा समावेश गर्न माग गर्दै जिल्लाको सम्पूर्ण कांगष््रेस संस्थागत रूपमा धर्नामा बसेको बारा प्रतिनिधि सभा क्षेत्र नं ४ का क्षेत्रीय सभापति सुनिलकुमार गुप्ताले जानकारी दिए । ‘नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता छानबिन समितिद्वारा बारा जिल्लाका हजारौ कार्यकर्तालाई १४औ महाधिवेशनबाट बन्चित गर्ने प्रयास तत्काल रोकियोस् भन्दै नेपाली कांग्रेस बारा, निर्वाचन क्षेत्र नं– १, २, ३  र ४ ले संयुक्त रूपमा धर्ना सुरु गरेका छौ,’ क्षेत्रीय सभापति गुप्ताले इकागजसँग भने । 


ADVERTISEMENT

धर्ना कार्यक्रममा जिल्ला सभापति जयप्रसाद चौरासिया, प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरू क्षेत्र नम्बर एकका विजयशंकर यादव, क्षेत्र नम्बर दुईका रामप्रवेश यादव, तीनका मुकेश कुशवाह र चारका गुप्तासहित पार्टीका जिल्ला सचिव, कोषाध्यक्ष, प्रदेश सभापतिहरू, नगर सभापतिहरू, वडा सभापतिहरू र अन्य नेता कार्यकर्ता सहभागी भएका गुप्ताले जानकारी दिए ।

उनीहरूले केन्द्रले बनाएको नीति, विधान र नियमअनुरुप क्रियाशील सदस्यता पठाएकाले स्वीकृत हुनुपर्ने माग राखेका छन् । तर, केन्द्रीय क्रियाशी सदस्यता छानबिन समितिले अरु दलमा लागिसकेका, अरु पार्टीलाई सहयोग गर्नेहरूको कुरा सुनेर नदिएको गुप्ताले बताए । पुरानो सदस्यतामात्रै स्वीकृत गर्ने निर्णय आफूहरूले नमान्ने गुप्ताले बताए । 

पार्टी विधान, नीति र विधिपूर्वक नभएको भए क्रियाशील सदस्यता बदर गर्न पनि उनीहरूको माग छ । जिल्लाको जानकारी विना केही सदस्यता केन्द्रमा इन्ट्री गरेको आरोपसमेत उनीहरूले लगाएका छन् । विधान, नियमावली ,केन्द्रीय परिपत्र बाहेकको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।

उनीहरू सबै संस्थापन पक्षका हुन् । 

अर्कोतर्फ बाराकै नेता रामचन्द्र पौडेल समूहका नेता कार्यकर्ता १२ दिनदेखि धर्नामा बसिरहेका छन् । उनीहरूको माग नयाँ क्रियाशील थप्न नहुने छ । 

चार तहबाट सिफारिस भएकाहरूलाई मात्रै क्रियाशील सदस्यता दिइनुपर्ने मागसहित पूर्वसांसद लालबाबु सिंह, रामअयोद्याप्रसाद यादव र पूर्वजिल्ला विकास समिति सभापति राजेन्द्र यादवसहितका नेता कार्यकर्ताले धर्ना दिइरहेका छन् । 



Author

थप समाचार