दल

सत्ता गठबन्धन टुटाउन प्रतिक्रियावादीले टर्च बालेर प्‍वाल खोजिरहेका छन्ः दाहाल

इकागज |
साउन ९, २०७८ शनिबार १०:२२ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको दाबी गरेका छन् । नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउन कमजोरीमा खेल्न खोजिरहेको दाबी गरे । 

‘गठबन्धन टुटाउन निकै धेरै कसरत भयो । अहिले पनि प्रतिक्रियावादीहरू लागिरहेका छन् । त्यही कसरतका कारण गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका साथीहरू पनि ढले । पछिल्लो राजीनामा प्रकरण..उनीहरू त्यतिकै ढलेका होइनन् । टर्च बालेर खोजिरहेका छन् । कहाँनिर छ त प्वाल र खेल्न पाइन्छ भनेर । अनेक खोजिरहेका छन् । एमसीसी भन्ने छ नि यसलाई अगाडि सार्दियो भने यिनीहरू झगडा पार्लान् कि भन्ने छ ।'



Author

थप समाचार
x