दल

कांग्रेस शीर्ष नेताहरूको बैठक बुढानीलकण्ठमा : महाधिवेशनदेखि सरकारमा सहभागी हुने मन्त्रीसम्‍मको विषय उठ्‍यो

इकागज |
साउन ९, २०७८ शनिबार ११:४१ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानिलकण्‍ठमा जारी छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा शनिबार बिहानैदेखि नेताहरू छलफलमा जुटेका हुन् ।

बैठकमा क्रियाशील सदस्‍यतासम्बन्‍धी विवाद समाधान र पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्‍त्रीबारे छलफल भइरहेको छ । बैठकमा महाधिवेशन कार्यतालिकाबारे पनि छलफल भएको प्रवक्‍ता विश्‍वप्रकाश शर्माले जानकारी दिए ।


कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीका बैठक र भेला नगर्ने निर्णय गरेपछि बूढानिकलण्ठमा बैठक राखेको हो । यसअघिका प्रधानमन्‍त्री केपी शर्मा ओली नेतृत्‍वको सरकारले भने पार्टीका बैठकदेखि वंशका भेलासमेत बालुवाटारमै गर्दै आएको थियो । 


Author

थप समाचार
x