दल

कांग्रेस १४औं महाधिवेशन : वडा अधिवेशन स्थगित

इकागज |
साउन ९, २०७८ शनिबार १३:४७ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले समय अभाव र कोभिड संक्रमणका कारण पूर्वनिर्धारित वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी वडा तहको अधिवेशनलाई स्थगन गर्ने सहमति भएको उनको भनाइ छ । उनले साउन १२ गते बिहान ९ बजे क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन हस्तान्तरण गर्ने र त्यसपछि मात्रै वडा तहको मिति तय गर्ने बताए । उनले  अधिकांश क्रियाशील सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको र प्रतिवेदन हस्तान्तरण गर्नुपूर्व सवै स्थानको क्रियाशिल विवाद समाधान हुने दाबी गरे।


बैठकमा पार्टी सभापति देउवाले क्रियाशील सदस्यता विवाद छिटो टुङ्ग्याउन निर्देशन दिएका थिए । प्रवक्ता शर्माले आगामी भाद्रमा तोकिएको पार्टीको केन्द्रीय महाधिवेशन हुने बताए । कांग्रेसले १४औं महाधिवेशन भदौं १६ देखि काठमाडौंमा हुने गरी तोकिएको छ।


Author

थप समाचार
x