दल

दाहाललाई मन्‍त्री छान्‍न सकस

इकागज |
साउन ९, २०७८ शनिबार १४:३ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन् । शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८औं स्मृति सभामा बोल्दै दाहालले सरकार बिस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताए । 

पार्टीका धैरै नेताहरू आकांक्षी भएपछि दाहालले आफूलाई अप्ठेरो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए । पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अब अन्त्य गर्नुपर्ने उनले बताए । त्यस्तै दाहालले गठवन्धनका विरोधीहरूले यो गठवन्धन फुटाउने लागेको टिप्पणी गरे । 



Author

थप समाचार
x