दल

युथफोर्स आतंक होइन, आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन हो : पोखरेल

इकागज |
साउन ९, २०७८ शनिबार १७:३२ बजे

काठमाडौँ - एमालेले केही समय अघि ब्युँत्याएको युथ फोर्सलाई भ्रष्टाचार विरुद्ध अभियान चलाउन महासचिव ईश्वर पोखरेललले निर्देशन दिएका छन् । उनले 'जे गर्दा जनता खुसी हुन्छन्, त्यही गर्नू' भन्दै त्यस प्रकारको अभिव्‍यक्ति दिएका हुन् । नागरिकले नराम्रो ठान्ने काममा सहज हुन पनि उनले  युथफोर्सलाई भनेका छन् । 

शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले भने, ‘यो युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्न आवश्यक छ ।’ युथफोर्स नै किन ब्‍युँत्याएको भन्ने प्रश्न पार्टीभित्र उठ्दै गर्दा यसको औचित्यबारे प्रष्ट पार्ने काम पनि महासचिवले गरेका हुन । 


‘जनतासँग जोडिने, उनीहरुले नचाहेको काम नगर्ने, भ्रष्टाचारको भण्डाफोर गर्ने, स्वरोजगार अभियान चलाउने जस्ता कार्य अत्यावश्यक छन्,’ उनले सम्बोधनमा भने । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथीको रुपमा सहभागि नभए पनि कार्यक्रमको प्रमुख अतिथी रहेका पोखरेलले पटक पटक भने, ‘युथफोर्स कुनै आतंक होइन । कसैले आतंक सिर्जना गर्न खोज्छ भने त्यसलाई तह लगाउने संगठन भने हो ।’ 

कानुनी शासन मान्ने कुरा गर्दै आतंकलाई ठेगान लगाउने संगठन पनि रहेको भन्दै बाझिने धारण पाेखरेलले राखेका छन् । उनले एमालेको रक्षा गर्ने एउटा खम्बाको रुपमा रहने भन्दै युथ फोर्सले युवा संघलाई अभिभावकको रुपमा मानेर अघि बढ्ने पनि बताए । 


Author

थप समाचार
x