दल

'केपीलाई कार्यकर्ताले राम्ररी चिनेर साथ छोड्न थाले'

गठबन्धन सरकारका मन्त्रीलाई अलमिलने छुट छैन्

इकागज |
साउन ९, २०७८ शनिबार १८:४२ बजे

फाइल तस्बिर

काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा दाहालले यस्तो बताएका हुन् ।

‘ओली नराम्रोसँग इतिहासमा एकचोटि पछारिएका छन् । विक्षिप्त छन् । त्यही कारण उहाँलाई बरबराउन छुट छ,’ दाहालले भने, ‘कहिले बालकोटको बार्दली, कहिले कहाँ पुगेर बरबराउन थालेका छन् ।’ 


दाहालका अनुसार ओलीलाई उनकै समर्थक कार्यकर्ताले समेत छोडेर जान थालेको कारण यो बरबराहट पनि धेरै समय अघि बढ्दैन । ओलीका समर्थक साच्चै हनुमान नै रहेछन् भन्दै उनले भने, ‘हुुनुमान त हुन् । तर रामको तेत्रा युगको जस्तो नभएर कलियुग कै हुनमान भएकाले साथ छोड्न समय नै नलाग्दैन ।’

हनुमानले धेरै बोक्दैनन् अनि त्यो बरबराहट पनि बन्द हुने दाबी दाहालको छ । ओली सरकारले बिगारेका विषयलाई लाइनमा ल्याउने र जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौती वर्तमान गठबन्धन सरकारलाई रहेकाले त्यसमा मन्त्रीहरू दत्त चित्त भएर लाग्‍न पर्ने सुझाव र निर्देशन उनले दिए । कुनै मन्त्रीले लापरवाही गरेको र बाहिर उनीबारे प्रचार भएमा त्यस्ता मन्त्रीलाई छुट नदिने उनले बताए । 


Author

थप समाचार
x