दल

सरकारले दायाँ बायाँ गरे युथ फोर्सले मुलुकभर आगो बाल्छ : महेश बस्‍नेत

इकागज |
साउन ९, २०७८ शनिवार १९:२ बजे

फाइल फोटो

काठमाडौँ - एमालेका नेता महेश बस्‍नेतले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउने प्रक्रिया सहजीकरण गरेमा युथफोर्सले देशभरि आगो बाल्ने चेतावनी दिएका छन् । माइतीघरको कार्की पार्टी प्यालेसमा युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेका राम्रा काम र नीतिहरु खारेज गरिए देशभरि आगो बाल्ने पनि बताए । ‘नेकपा एमाले बलियो बनाउन हामीले अध्यादेश ल्याउँदा हाम्रो पार्टीका नेता माधव नेपाल र पुष्पकमल दाहाललाई उचालेर फेल गराउने काम भयो’ पूर्वमन्त्री बस्नेतले भने, ‘कांग्रेसले निकै चर्को र लोकतान्त्रिक भाषण गर्थ्यो अब एमाले फुटाउने अध्यादेश ल्याउनुभयो भने त्यसको विरुद्ध प्रतिरोध हुन्छ । हाम्रो संगठनले देशभरि आगो बाल्छ ।’


उनी त्यतमिा मात्र अडिएनन राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध महाअभियोग लगाउने काम भए पनि त्यसको परिणाम ख्याल गर्न तयार रहन समेत चेतावनी दिए । ‘राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे कुनाकाप्चामा बसेर षड्यन्त्र गरिरहनु भएको छ भने त्यो सपना पनि नदेख्दा राम्रो हुनेछ ।’ उनले युथ फोर्स नागरिक हितमा उपयोग हुने दस्ताको रुपमा रहने पनि स्पष्ट पारे । 

उनले जियकुमार गच्छदारलाई दश अर्बको भ्रष्टाचारमा दश लाख धरौटीमा छुटाउने खालका काम भएको भन्दै यसमा अदालतको काम प्रति आशंका व्यक्त गर्ने काम  पनि बताए । गच्छादारको विषयलाई लिएर आफूले सशक्त अभियान चलाउने पनि उनले बताए । 


Author

थप समाचार
x