दल

जसपा 'हेड काउन्ट': यादवको पक्षमा दुई तिहाइ

इकागज |
साउन ११, २०७८ सोमवार १४:४ बजे

काठमाडौँ - जनता समाजवादी पार्टीको आधिकारिकताका लागि अध्यक्ष उपेन्द्र यादवको पक्षमा दुई तिहाइ सदस्‍यले सनाखत गरेका छन् । ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष उपेन्‍द्र यादवले जानकारी दिए । उनकाअनुसार यादवका डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने  तयारी भइरहेको छ । उनले चौधरी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने दाबी गरे ।

आज नेताहरूको सनाखतपछि आयोगको इजलास बसेर आधिकारिकताबारे निर्णय गर्नेछ ।  जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो ।


दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ ।


Author

थप समाचार
x