दल

जसपा हेड काउन्‍ट: रेशम चौधरी तटस्थ

इकागज |
साउन ११, २०७८ सोमबार १५:६ बजे

काठमाडौँ - जसपा आधिकारिकता विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । उनले आफू कुनै पक्षमा नलागी जसपाको पक्षमा भएको प्रतिक्रया दिए । 'म पार्टीको एउटा सिपाही हो। कसैले बाजी मार्ला कसैले बाजी पराजय भोग्‍ला। म जसपाको एक कार्यकर्ता हुँ.' उनले भने, 'पार्टी हामी एक हुनुपर्ने धारणा छ । पक्ष र विपक्षी सनाखत गर्न नैतिकताले  दिएन ।'

जसपा आधिकारिकता विवादमा सनाखत गर्न उनलाई डिल्लीबजार कारागारबाट आयोगमा लगिएको थियो । कैलालीको टिकापुर घटनामा चौधरीलाई अदालतले मुख्य दोषी ठहर गरेपछि उनी कारागारमा छन् । 



Author

थप समाचार
x