दल

प्रदेश प्रमुख परिवर्तनको तयारी

इकागज |
साउन ११, २०७८ सोमवार १५:३६ बजे

फाइल तस्बिर

काठमाडौँ – सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा अहिले रहेका प्रदेश प्रमुखलाई हटाउने विषयमा छलफल गर्ने एजेण्डा रहेको एक मन्त्रीले इकागजलाई जानकारी दिए ।

तर, नयाँ कसलाई प्रदेश प्रमुख बनाउने भन्ने एकिन भइनसकेकाले आजै गर्ने कि अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने नटुंगिएको ती मन्त्रीको भनाइ छ । गठबन्धन सरकार रहेकाले दलहरूसँग प्रधानमन्त्रीले सैद्धान्तिक छलफल गरे पनि निर्णय आइसकेको छैन । त्यसले आजै हुने कि अर्कोमा हुने निश्चित नभएको बालुवाटार स्रोतले बतायो । 


अहिले प्रदेश १ मा सोमनाथ अधिकारी, प्रदेश २ मा राजेश अहिराज, बागमती प्रदेशमा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा सीता पौडेल, लुम्बिनी प्रदेशमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् । 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो पटक नियुक्त भएका प्रदेश प्रमुखहरूलाई हटाएर नयाँ नियुक्त गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख परिवर्तन गर्न सक्ने व्यवस्था संविधानमा छ । सत्ता गठबन्धनका माओवादी र जनता समाजवादी पार्टीले नाम नदिएको पनि स्रोतले बतायो । 
 


Author

थप समाचार
x