दल

गणतन्‍त्र धरापमा पर्दै गएको ठहर

रवीन्द्र मिश्रको प्रस्ताव: संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह(पूर्ण पाठ)

इकागज |
साउन ११, २०७८ सोमवार १५:५९ बजे

तस्‍बिर: मिश्रको फेसबुकबाट ।

काठमाडौँ - विवेकशील साझा पार्टीका अध्‍यक्ष रवीन्‍द्र मिश्रले स्‍थानीय तहलाई पुनर्संरचना गर्दै संघीयताका र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेका छन् । बहस र छलफलका लागि भन्‍दै ४४ पृष्‍ठ लामो धारणा सार्वजिनक गर्दै उनले स्‍थानीय निकायको पुनर्संरचना, संघीयताका र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न बहस चलाउनु पर्ने धारणा अघि सारेका हुन् । उनले संघीयतालाई खारेज गर्नुपर्ने भन्‍दै यसलाई भ्रष्‍टाचार र आर्थिक भारको स्रोत भएको टिप्‍पणी गरेका छन् । संघीयता नेपालको अखण्‍डताका लागि घातक भएकोसमेत उनको धारणा छ । त्‍यसैले संघीयता खारेज गर्नुपर्ने तर्क उनले गरेका छन् । 

धर्म निरपेक्षताबारे जनमत संग्रह
धर्म निरपेक्षाताका विषयमा जनमत संग्रह गर्नुपर्ने माग उनले अघि सारेका छन् । विभिन्‍न उदारहण प्रस्तुत गर्दै उनले धर्म निरपेक्ष राष्‍ट्र कायम राख्‍ने वा नराख्‍ने भन्‍नेबारे जनमत संग्रह गर्नुपर्ने उनको भनाइ छ ।


आयातित गणतन्त्र 
उनले धर्म निरपेक्षता जस्तै गणतन्त्र पनि आयातित भएको दाबी गरेका छन् । त्यसको प्रसस्तै प्रमाणहरू रहेको उनको भनाइ छ । उनले संघीयता र धर्म निरपेक्षताबारे जति धेरै आक्रोष देखिएको त्यति गणतन्त्रबारे नदेखिएको भए पनि जनभावना बदलिँदै गएको दाबी छ । 

 


Author

थप समाचार
x