दल

जसपाले लुम्बिनी प्रदेशका तीन मन्त्रीलाई अनुशासनको कारबाही गर्‍यो

इकागज |
साउन १२, २०७८ मगलवार १८:४६ बजे

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)बाट सांसद भएर लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका तीन जनालाई अनुशासनको कारबाही गर्ने निर्णय गरको छ ।

पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकले लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेय, भूभि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग बन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साललाई पार्टीबाट अनुशासनको कारबाही गर्ने निर्णय गरको नेता महेन्द्र राययादवले जानकारी दिए । पार्टीबाट कारबाही गरिएको जानकारी प्रदेश सभामुखलाई गराउने निर्णय पनि बैठकले गरेको छ । 


त्यस्तै बैठकले २०७४ सालमा स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित भएर पार्टी परित्याग गरेकालाई पनि अनुशासनको कारबाही गर्ने निर्णय गरेको राययादवले जानकारी दिए ।

‘प्रदेशमन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधि जो पार्टी परित्याग गरेका छन् र पार्टीको निर्देशन मानेका छैनन्, उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने निर्णय भएको छ,’ राययादवले भने । 
 


Author

थप समाचार
x