दल

मनोमानी रूपमा क्रियाशील सदस्यता प्रदान गरेको भन्‍दै विरोध

इकागज |
साउन १३, २०७८ बुधबार १८:२४ बजे

काठमाडौँ - नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले मनोमानी रूपमा क्रियाशील सदस्यता प्रदान गरेको भन्‍दै काठमाडौंबाटै विरोध सुरु भएको छ । मनोमानी रूपमा क्रियाशील सदस्यता प्रदान गरेको र छानविन हुन नसकेको भन्दै काठमाडौंका केही ईकाइ समितिले विरोध जनाएका हुन् ।

क्रियाशील सदस्यता छानविनको विरोध गर्दै सभापतिहरूले बुधबार पार्टी पदाधिकारी बैठक बसेको स्थान बूढानीलकण्ठमा धर्ना दिएका थिए । 'उनीहरूले पार्टीभित्र लोकतन्त्र खै, व्यक्ति ठूलो कि विधान, काठमाडौं ७ को क्रियाशील छानबिनमा न्याय दे' लगाएतका प्लेकार्ड बोकेका थिए । धर्नामा पुगेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले छानविन समितिबाट भएको त्रुटि सच्चाउने प्रतिवद्धता जनाए । धर्नामा बसेकाहरूले मनोमानी रूपमा प्रदान गरिएको क्रियाशील सदस्यता नसच्चिए पार्टी कार्यालयमा धर्ना दिने चेतावनी दिएका छन् । 
 



Author

थप समाचार
x