दल

लोकतान्त्रिक शासन व्यवस्था तलमाथि हुन नदिने दाबी

सरकारलाई ओलीको चेतावनी: दमनको बाटो लिए प्रतिवाद गर्छौँ

इकागज |
साउन १७, २०७८ २१:१ बजे

फाइल तस्‍बिर

काठमाडौँ -  प्रमुख प्रतिपक्ष दल नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दाबी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने,  खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने चेतावनी दिए ।

तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खबरदारीसमेत गरे । 'सरकारलाई हामी खबरदारी पनि गर्दछौं,' ओलीले भने, ' प्रतिवाद गर्छौ र आवश्यक पर्‍यो भने प्रतिरोध पनि ।' उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दाबी गरे । 


ADVERTISEMENT

अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको जिकिर गरे । उनले माधव नेपाललगायतका नेताहरूले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप लगाए ।



Author

थप समाचार