दल

दार्चुला घटना: भारतीय दूतावासअगाडि अखिल क्रान्‍तिकारीको प्रदर्शन

इकागज |
साउन १८, २०७८ सोमबार १४:५१ बजे

काठमाडौँ - दार्चुला घट्नाको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालस्थित भारतीय दूतावास अघि प्रदर्शन गरेको छ । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । दार्चुला घटनालाई संगठनले  ‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’ को संज्ञा दिएको छ ।

उनीहरूले उक्त घटनाको छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाल र नेपालीमाथि तथा राष्ट्रियतामाथिको ज्यादती सैह्य नहुने भन्दै विरोध गरिएको बताए । भारतीय पक्षबाट नेपालीमाथि गर्ने जघन्य अपराधमा नेपाल सरकार मौन हुनु दुखद रहेको उनको भनाइ छ । संगठनले नेपाल भारतबीचको असमान सन्धि सम्झौता पनि खारेज हुनुपर्ने माग गरेका छन् । 



Author

थप समाचार
x