दल

कर्णाली प्रदेश : एमालेका चार सांसद पदमुक्त

इकागज |
साउन १८, २०७८ सोमवार १७:३२ बजे

काठमाडौँ – मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी ह्वीपविपरीत विश्वासको मत दिने कर्णाली प्रदेशका एमालेका चार सांसद पदुमक्त भएका छन् । कर्णाली एमालेका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले आइतबार उनीहरू पदमुक्त हुने फैसला गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा आफ्नै पहिलाको अन्तरिम आदेश सर्वोच्चले खारेज गरेको हो ।



 


Author

थप समाचार
x