दल

नेपाल पक्षको स्थायी कमिटी बैठक: एकता भाड्ने अभिव्यक्ति नदिन नेताहरूको ध्यानाकर्षण

इकागज |
साउन १८, २०७८ सोमबार १८:४१ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले एकताभाड्ने अभिव्यक्ति नदिन नेताहरूको ध्यानाकर्षण गराएको छ । सोमबार काठमाडौंमा बसेको सो पक्षको बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकताभाड्ने अभिव्यक्ति नदिन नेताहरूको ध्यानकर्षण गराएको हो । 

बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिदा शब्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको बताए । बैठकमा एकताका लागि छलफलमा जुटेका नेताहरूले अहिलेसम्मको छलफलको अवस्थाका बारेमा जानकारी गराएको उनले बताए । 


नेता पन्तले अब छिटै एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने जानकारी दिए । उनले एमालेलाई एकताबद्ध गर्न अधिकतम प्रयास भइरहको बताए ।

गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरे पनि एमालेको एकता कायम हुन सकेको छैन । यसबीचमा दुवै पक्षका नेताहरुले आन्तरिक छलफललाई भने निरन्तरता दिएका छन् । 


Author

थप समाचार
x