दल

नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु

इकागज |
साउन २१, २०७८ बिहीबार १२:२१ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ । केही बेरअघिबाट बैैठक सुरु भएको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । उनकाअनुसार बैठकमा सामसामयिक राजनीतिक र आगामी रणनीतिबारे छलफल हुनेछ । ‘बैठक आजै टुङिगन्छ,’ उनले भने, ‘ वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ । आगामी पार्टी रणनीति पनि बैठकले तय गर्ने उनले बताए । बैठकमा ९० जना बढी केन्द्रीय सदस्य उपस्थित रहेको उनले दाबी गरे । 

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग एकताका विषयमा ठोस छलफल गर्ने तयारी भएपनि कुरा नमिल्दा माधव नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा छ । तर माधव नेपाल पक्षको बैठकमा सहभागि नहुन एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
 



Author

थप समाचार
x