दल

१४औं महाधिवेशन सुनिश्‍चितता माग गर्दै सभापति देउवाको ध्यानाकर्षण

इकागज |
साउन २१, २०७८ बिहीबार १८:३४ बजे

काठमाडौँ - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरूले १४औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बिहीबार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै महाधिवेशनको सुनिश्चितता गर्न माग गरेको नेविसंघ महामन्‍त्री दिपक भट्टराईले बताए ।

पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेको उनको भनाइ छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिका अनुसार तल्लो तहको अधिवेश हुन सकेको छैन । 



Author

थप समाचार
x