दल

जसपाको पहिलो वरियतामा डा.बाबुराम भट्टराई

३५ सदस्यीय कार्यकारिणी समितिमा को रहे को हटे ?

इकागज |
साउन २६, २०७८ मंगलबार १९:९ बजे

काठमाडौँ - जनता समाजवादी पार्टी(जसपा)को पहिलो वरियतामा पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पाएका छन् । निर्वाचन आयोगले सोमबार अध्यावधिक गरेको कार्यकारिणी समितिको पहिलो वरियतामा डा. भट्टराईको नाम उल्लेख छ । अध्यक्ष उपेन्द्र यादवको नाम दोस्रो वरियतामा छ । तेस्रो वरियतामा वरिष्ठ नेता अशोककुमार राई छन् । चौथोमा राजेन्द्रप्रसाद श्रेष्ठलाई राखिएको छ । 

त्यसपछि भने वर्णानुक्रमअनुसार अमृता अग्रहरी, गजाधर रोहिता यादव, गोविन्द चौधरी, गंगानारायण श्रेष्ठ, डम्मरुबल्लभ खतिवडा, दुर्गा सोब, नवराज सुवेदी, नवलकिशोर साह, प्रकाश अधिकारी, प्रशान्त सिंह, परशुराम खापुङ, परशुराम बस्नेत, भक्तबहादुर शाह, मनिषकुमार सुमन, महिन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इश्तियाक राई, युवराज कार्की, रकम चोम्जोङ, रणध्वज लिम्बु, रमेशप्रसाद यादव, राजकिशोर यादव, रामनरेश राययादव, रामसहायप्रसाद यादव, रेणुकुमारी यादव, रेशमलाल चौधरी, लालबाबु राउत, विजयकुमार, सुशीला श्रेष्ठ, हिसिला यमी र हेमराज राई छन् । 


ज्यान मार्ने उद्योगमा सम्लग्न रहेको प्रमाणित भएपछि डिल्लीबजार जेलमा रहेका रेशमलाल चौधरी पनि कार्यकारिणी समितिमा समेटिएका छन् । ५१ सदस्यीय कार्यकारिणी समिति ३५ सदस्यीयमा खुम्चिँदा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहितका १६ नेता बाहिरिएका छन् ।

निर्वाचन आयोगबाट प्राप्त कागजात अनुसार बाहिरिने अन्य नेतामा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, बृजेशचन्द्र लाल, जीतेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशवकुमार झा, इकवाल अहमद साह, निर्जला राउत, सुनिलकुमार झा र प्रशान्त सिंह छन् ।उनीहरूलाई साधारण सदस्यमात्र राखिएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केन्द्रीय कार्यकारिणी समितिले प्रक्रिया पुर्‍याएर कार्यकारिणी समितिको संख्या हेरफेर गरिएको जानकारी दिए । 


 
 


Author

थप समाचार
x