दल

जसपा केन्द्रीय कार्य समिति बैठक सुरु, सरकारमा सहभागिताबारे निर्णय गर्ने

इकागज |
भदौ २, २०७८ बुधवार १२:१४ बजे

काठमाण्डौ - जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको दोश्रो दिनको बैठक सुरु भएको छ । काठमाडौको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ । 

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्‍वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरू सहभागी बैठकले सरकारमा सहभागिता बारे निर्णय गर्नेछ। आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरूको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिता बारे निर्णय हुनेछ ।
 



Author

थप समाचार
x